२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

तमू ह्यूल छोंज धीं ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा शुभराज गुरुङ, तमूस्योमा सिता गुरुङ चयन

तमू ह्यूल छोंज धीं ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा शुभराज गुरुङ, तमूस्योमा सिता गुरुङ चयन

तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् ज्वालामुखी गाउँपालिका ईकाई समितिको अध्यक्षमा शुभराज गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार सम्पन्न ज्वालामुखी गाउँपालिका स्तरिय प्रथम तमू भेलाले शुभराज गुरुङको अध्यक्षतामा ९ सदस्सीय कार्य समितिको चयन गरेको हो ।

समितिको उपाध्यक्षमा भक्तबहादुर गुरुङ, सचिवमा खेम गुरुङ, कोषाध्यक्षमा हरि बहादुर गुरुङ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा कुलबहादुर गुरुङ, अनिल गुरुङ, राजेश गुरुङ, धनबहादुर गुरुङ र टिका बहादुर गुरुङ रहनुभएको छ। यस्तै शुक्रबार्रै सम्पन्न प्रथम भेलाले सिता गुरुङको अध्यक्षतामा ९ सदस्सीय तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् ज्वालमुखी गाउँपालिका ईकाई समितिको गठन भएको छ ।

समितिको उपाध्यक्षमा अञ्जु गुरुङ, सचिवमा देउमाया गुरुङ, कोषाध्यक्षमा कविता गुरुङ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा रमिता गुरुङ, अमृता गुरुङ, लालमाया गुरुङ, सुकुमाया गुरुङ र सरु माया गुरुङ रहनुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।