जेठ ३
इजरायल – नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च – इजरायलले आफ्नो ९ औं स्थापना दिवस मनाएको छ । शनिबार इजरायलको नाहारियामा एक कार्यक्रमकोबीच स्थापना दिवस मनाएको हो । कार्यक्रममा एक – आपसमा शुभकामना आदान –प्रदान गरिएको थियो । साथै नेपाली कम्युनिष्ट आन्दोलनका शिखर व्यक्तित्व जन नेता मदन कुमार मण्डारी र कुशल संगठक जिवराज आश्रितको ३२ औं स्मृति दिवसको अवसरमा दुवै नेताहरु प्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका थिए ।

सन् २०१६ मे १२ मा प्रवासी नेपाली मञ्च, इजरायलको स्थापना भएको थियो । मञ्चको संस्थापक अध्यक्ष तीर्थ गौतम रहेका थिए । प्रवासी नेपाली मञ्च इजरायलले आफ्नो स्थापनाकालदेखि अहिलेसम्म इजरायलमा रहेका नेपालीहरुलाइ संगठीत गर्दै संगठन र पर्टीको हितमा काम गरिरहेको छ । यसका साथै यस संगठनले विभिन्न किसिमका सामाजिक, आर्थिक र विभिन्न रचनात्मक कृयाकलापहरु गर्दै आएको प्रवासी नेपाली मञ्च, इजरायलका सचिव रमेश जोशीले जानकारी दिनुभयो ।

९ औं स्थापना दिवसको अवसरमा प्रवासी नेपाली मञ्च, इजरायलले शुभकामना आदान – प्रदानका सथै क्याम्पेन टुरको आयोजना गरेको थियो । यसै अवसरमा इजरायलको प्रसिद्ध स्थलहरु नाहारिया, हाईफा गार्डन र विचको अवलोकन भ्रमण गरेका थिए । प्रवासी नेपाली मञ्च, इजरायलले नियमित रुपमा यस्ता कार्यक्रमहरु गर्दै आएका छन् ।

प्रवासी नेपाली मञ्च इजरायलका अध्यक्ष गीता सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रवासी नेपाली मञ्च मध्य पूर्व महादेशीय कमिटीका सदस्य नवराज वलीको प्रमुख आतिथ्यता रहेको थियो । भने गैर आवासीय नेपाली संघ (एनआरएनए) इजरायलका सचिव चित्र कार्कीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमालेको विचार र सिद्धान्तलाइ आत्मासाथ गर्ने शुभचिन्तक , शुभेच्छुक लगाएत इजरायलमा रहेका नेपालीहरुको सहभागीता रहेको थियो ।