२०८३ कार्तिक २८, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

देशको व्यापार घाटा १२ खर्ब ५६ अर्ब रुपैयाँ पुग्याे

देशको व्यापार घाटा १२ खर्ब ५६ अर्ब रुपैयाँ पुग्याे

चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्मका १० महिनामा देशको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्कानुसार अघिल्लो वर्षको त्यही अवधिको तुलनामा व्यापार घाटा झन्डै ७ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा देशको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो ।

यस वर्ष साउनदेखि वैशाखसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो रकम गएको आर्थिक वर्षको त्यही अवधिको भन्दा १३ दशमलव ११ प्रतिशतले धेरै हो । यस्तै १० महिनामा निर्यात व्यापार ७२ दशमलव ७१ प्रतिशतले बढेर २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।