धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ किराखोरमा रहेको रनदेबि आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा लत्ता कपडा वितरण गरिएको छ ।

फाईन्ड नेपाल ट्रेक प्रा.लिले ४ लाख बराबरको सहयोग सामाग्री वितरण गरेको हो । विद्यालयमा एक कार्यक्रमका विच फाइन्ड नेपाल ट्रेक प्रालिका म्यानेजिङ डाईरेक्टर शिव गुरुङले ९० जना विद्यार्थीहरुलाई ट्रयाक सुट, जुत्ता, झोला, कपि कलम, पेन्सील, फुटबल, खाद्यन्न लगायतका सामाग्री वितरण गर्नुभएको फाईन्ड नेपाल ट्रेक प्रा.लिका कर्मचारी तथा समाजसेवी निशान गुरुङले जानकारी दिनुभयो ।

यस्तै नीलकण्ठ नगरपालिका वडा नम्बर १३ कै लोर्के पहरा गाउँमा १४ घरलाई लत्ता कपडा तथा खाद्यन्न सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

Facebook Comments