
लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको लायन वर्ष २०२५-२६ को लागि नयाँ कार्य समिति गठन भएको छ । धादिङबेसी स्थित क्रिक रिसोर्टमा सम्पन्न कार्यक्रममा क्लबको संस्थापक अध्यक्ष कविता ईटनीको प्रमुख आतिथ्यता रहेको थियो ।
नव गठित कार्य समितिको अध्यक्षमा विक्रम विश्वकर्मा, प्रथम उपाध्यक्ष राजाराम रिजाल, द्वितीय उपाध्यक्ष डा. दिनेश रेग्मी, सचिव तारा रिजाल, सह-सचिव मन्दिरा आचार्य, कोषाध्यक्ष सुदर्शन गोम्जा र १५ जना सदस्य सहित २२ जनाको कार्यसमिति चयन हुनुभएको छ ।
कार्यक्रममा क्लबका सचिव तारा रिजालले क्लबले लायन वर्ष २०२४-२५ मा सम्पादन गरेको सामाजिक सेवाका कार्यहरूको विवरण प्रस्तुत गर्नुभएको थियो । जसमा क्लब सञ्चालन गरेको विषेशज्ञ स्वास्थ्य शिविर (५०० जनालाई स्वास्थ्य सेवा प्रदान) वृहत रक्तदान कार्यक्रम (१५२ पिन्ट रगत सङ्कलन), नक्षेत्र बाटिका वृक्षारोपण कार्यक्रम (राशी र नक्षेत्र अनुसारका २७ प्रकारका बिरुवा), चेपाङ समुदायका बालबालिकाहरुलाई न्यानो कपडा वितरण (५५ थान) लगायत दर्जनौ कार्यक्रमको बारेमा समीक्षा गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कविता ईटनी उप्रेती, विशिष्ट अतिथि सिताराम अधिकारी र अतिथि लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बद्री पौडेलले शुभकामना दिनुभएको थियो । क्लबका अध्यक्ष कृष्ण प्रसाद ढकाल (शिशिर) ले नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्दै क्लबले गरेका कार्यहरूको बारेमा चर्चा गर्नुभएको थियो ।
धादिङ अस्पतालका कर्मचारी समेत रहेका नवनियुक्त अध्यक्ष विक्रम विश्वकर्मा सामाजिक पृष्ठभूमी:
१) वि.स.२०६०-०६१ सम्म २ कार्यकाल जूनियर युवा रेडक्रस सोसाईटी कर्नेश्वर मा.वि.को अध्यक्ष
२) कर्नेश्वर मा.वि.मा जूनियर युवा रेडक्रस सर्कलको अध्यक्ष हुँदा जिल्ला स्तरीय जूनियर युवा सर्कल सम्मेलनको आयोजना र काभ्रेको बनेपामा सम्पन्नम राष्ट्रिय जूनियर/युवा रेडक्रस सर्कलको कार्यक्रममा धादिङ जिल्लाबाट पुरूष विद्यार्थीको प्रतिनिधित्व
३) वि.स.२०६६-६७ सम्म अमृत साइन्स क्याम्पसमा २ कार्यकाल युवा रेडक्रस सर्कलको अध्यक्ष
४) नेपाल रेडक्रस सोसाईटी धादिङको आजीवन सदस्य
५) लायन्स क्लब अफ धादिङ काठमाण्डौं क्लबको द्वितीय उपाध्यक्ष