गृहमन्त्री रमेश लेखकले राजिनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले बताउनुभएको छ । सदरमुकाम धादिङबेसीमा आज पत्रकारहरुसँगको भेटघाटका क्रममा उपसभापति वाग्लेले गृहमन्त्री नकचरो भएर बसिरहेको समेत आरोप लगाउनुभयो ।

पार्टी सभापति रवि लामिछानेको हकमा उच्च नैतिकताको पाठ सिकाउने गृहमन्त्री लेखकले तत्काल राजिनामा दिएर अनुसन्धानको लागि मार्गप्रश्स्त गर्न अनुरोध गर्नुभयो । रवि लामिछानेको हकमा उच्च नैतिकताको मापदण्ड स्वंयम आँफैले स्थापित गरेकोले आँफैले पालना गर्न अनुरोध गर्दै नकचारो भएर पदमा नबस्न आग्रह गर्नुभयो । गृहमन्त्रालयसँग जोडिएको विषय भएकोले प्रहरीे लगायत मातहतका निकायले गर्ने छानविन समेत प्रभावित हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।

भिजिट भिसामा विदेश पठाए वापत लांखौ रकम असुल्ने गरेको गृहमन्त्री रमेश लेखक माथि आरोप लागेको छ । यस्तै उपसभापति वाग्लेले दुई ठुला दल मिलेर बनेको सरकारले देशलाई अप्ठ्यारो दिशा तर्फ लगिरहेको बताउनुभयो । पहिलो र दोस्रो ठुलो दल मिल्दा प्रतिपक्ष विहिन लोकतन्त्र हुने भएकोले देशमा अशामान्य परिस्थिति सिर्जना हुने समेत बताउनुभयो ।

भागबन्डा, लोभ–प्रलोभनको राजनितिले संविधान नै धरापमा पर्ने भएकोले निरन्तर जिम्मेवार पूर्वक रचनात्मक र सिर्जनात्मक रुपमा सरकारलाई खबरदारी गरिरहेको बताउनुभयो ।यस्तै सरकारले धेरै गैर जिम्मेवार बजेट ल्याएकोले पार्टीको १९ जना सांसदले जनताका हरेक आवश्यकतालाई संसदबाट खरो रुपमा उठान गरिरहेको बताउनुभयो ।

यस्तै अहिलेको व्यवस्था खराब भयो भन्दै पुरानै संरचना ल्याउन पर्छ भन्दै भईरहेका आन्दोलनहरुको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी किन मौन? भन्न्ने पत्रकारकाहरुको जिज्ञासामा उपसभापती वाग्लेले यो व्यवस्था फाल्ने पक्षमा पार्टी नरहेको बताउनुभयो ।

विभेदहरुको संरचनाले गाँजेको नेपाल राष्ट्रलाई लोकतान्त्रिक गणतन्त्रामक व्यवस्थाले नै अगाडी बढाउने भएकोले पार्टीको शैद्धान्तिक सहमती रहेको प्रस्ट पार्नुभयो । तर लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाईरहेकोले अहिले भईरहेको लोकतन्त्र र गणतन्त्रको अभ्यास प्रति ठुलो विमति रहेको बताउनुभयो । परिकल्पना गरेको भन्दाभिन्न अभ्यास भईरहेकोले संविधान शंसोधन मार्फत राजनितिक सर्जरीको आवश्यक रहेको बताउनुभयो ।

Facebook Comments