
धादिङको सदरमुकाम धादिङबेसी स्थित विचबजारमा शनिबारदेखि त्रिमुर्ती स्टोर सञ्चालनमा आएको छ ।
स्टोरको शनिबार एक भव्य समारोहका विच उद्घाटन गरिएको हो । धादिङ जिल्लामै मोवाईल तथा ईलोक्ट्रोनिक्स सामाग्री विक्री तथा मर्मतमा गुणस्तरिय सेवा प्रदान गर्दै आएको त्रिमुर्ती मोवाईल हाउसकै अर्काे शाखाको रुपमा त्रिमुर्ती स्टोर रहेको प्रोपाईटर ईश्वर श्रेष्ठले बताउनुभयो ।
धादिङबेसीको पुछार बजार र बिचबजार स्थित मिलनटोलबाट सेवा दिँदै आएको यस त्रिमुर्तीले शनिबारदेखि बिचबजार स्थित कुमारी बैंक भएको घरको तल्लो तलाबाट पनि आफ्नो सेवा विस्तार गरेको हो । त्रिमुर्तीले यस वर्ष पनि उपहार धमका सुरुवात गरिसकेकोे छ ।
ग्राहकहरुको माग र सन्तुष्टीलाई मध्यनजर गर्दै यस वर्ष पनि उपहार धमाकालाई निरन्तरता दिईएको त्रिमुर्तीका प्रोपाईटर श्रेष्ठको भनाई छ । त्रिमुर्तीले प्रत्येक महिना सुनको औंठी र बम्पर उपहारमा एक जनालाई हिरोको जुम स्कुटर प्रदान गरिने गरिनेछ । गत वर्ष त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ खहरेकी सजिना खड्काले बम्पर उपहारमा टिभिएसको स्कुटर जित्नुभएको थियो । २०८२ सालको उपहार योजना पनि लागू भईसकेकोले लक्की ड्र मार्फत सुनको औठी, स्कुटर प्राप्त गर्न सकिने बताउनुभयो ।
यस वर्ष उपहार योजनालाई अझै व्यवस्थित र परिस्कृत गर्दै धेरै भन्दा धेरै उपहारहरु जित्न सकिने त्रिमुर्ती स्टोरले जनाएको छ । त्रिमुर्ती स्टोर सञ्चालनको अवसरमा शनिबार ग्राहकहरुलाई विशेष छुट र उपहारहरु समेत प्रदान गरिएको थियो ।