२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङबेसी स्थित विचबजारमा शनिबारदेखि त्रिमुर्ती स्टोर सञ्चालनमा

धादिङबेसी स्थित विचबजारमा शनिबारदेखि त्रिमुर्ती स्टोर सञ्चालनमा
सेयर गर्नुहोस्
०सेयर

धादिङको सदरमुकाम धादिङबेसी स्थित विचबजारमा शनिबारदेखि त्रिमुर्ती स्टोर सञ्चालनमा आएको छ ।

स्टोरको शनिबार एक भव्य समारोहका विच उद्घाटन गरिएको हो । धादिङ जिल्लामै मोवाईल तथा ईलोक्ट्रोनिक्स सामाग्री विक्री तथा मर्मतमा गुणस्तरिय सेवा प्रदान गर्दै आएको त्रिमुर्ती मोवाईल हाउसकै अर्काे शाखाको रुपमा त्रिमुर्ती स्टोर रहेको प्रोपाईटर ईश्वर श्रेष्ठले बताउनुभयो ।

धादिङबेसीको पुछार बजार र बिचबजार स्थित मिलनटोलबाट सेवा दिँदै आएको यस त्रिमुर्तीले शनिबारदेखि बिचबजार स्थित कुमारी बैंक भएको घरको तल्लो तलाबाट पनि आफ्नो सेवा विस्तार गरेको हो । त्रिमुर्तीले यस वर्ष पनि उपहार धमका सुरुवात गरिसकेकोे छ ।

ग्राहकहरुको माग र सन्तुष्टीलाई मध्यनजर गर्दै यस वर्ष पनि उपहार धमाकालाई निरन्तरता दिईएको त्रिमुर्तीका प्रोपाईटर श्रेष्ठको भनाई छ । त्रिमुर्तीले प्रत्येक महिना सुनको औंठी र बम्पर उपहारमा एक जनालाई हिरोको जुम स्कुटर प्रदान गरिने गरिनेछ । गत वर्ष त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ खहरेकी सजिना खड्काले बम्पर उपहारमा टिभिएसको स्कुटर जित्नुभएको थियो । २०८२ सालको उपहार योजना पनि लागू भईसकेकोले लक्की ड्र मार्फत सुनको औठी, स्कुटर प्राप्त गर्न सकिने बताउनुभयो ।

यस वर्ष उपहार योजनालाई अझै व्यवस्थित र परिस्कृत गर्दै धेरै भन्दा धेरै उपहारहरु जित्न सकिने त्रिमुर्ती स्टोरले जनाएको छ । त्रिमुर्ती स्टोर सञ्चालनको अवसरमा शनिबार ग्राहकहरुलाई विशेष छुट र उपहारहरु समेत प्रदान गरिएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।