२०८३ कार्तिक २८, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आरसीबीले पहिलो पटक आईपीएल क्रिकेटको उपाधि जित्याे

आरसीबीले पहिलो पटक आईपीएल क्रिकेटको उपाधि जित्याे
Royal Challengers Bengaluru celebrating win during the final of the Indian Premier League season 18 (IPL 2025) between Royal Challengers Bangalore and Punjab Kings held at the Narendra Modi Stadium, Ahmedabad on the 3rd June 2025 Photo by: s Saikat Das / Sportzpics for IPL

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले जितेको छ ।

हिजो भएको फाइनल खेलमा पन्जाब किङ्ग्सलाई ६ रनले पराजित गर्दै बेङ्गलुरुले पहिलो पटक उपाधि जितेको हो ।

अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा एक सय ९१ रनको लक्ष्य पछ्याएको पन्जाबले ७ विकेट गुमाउँदै एक सय ८४ रन मात्र बनाउन सक्यो । पन्जाबका सशंक सिंहले सर्वाधिक ६१ रन बनाए । बेङ्गलुरुका भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्याले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको बेङ्गलुरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । बेङ्गलुरुका लागि विराट कोहोलीले सर्वाधिक ४३ रन बनाए । पन्जाबका कायल जेमीन्सन र अर्शदिप सिंहले समान ३ विकेट लिए ।

लिग चरणमा पन्जाब पहिलो र बेङ्गलुरु दोस्रो स्थानमा रहेका थिए । पहिलो क्वालिफायरमा पन्जाबलाई हराउँदै बेङ्गलुरु फाइनलमा पुगेको थियो ।

पन्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै फाइनलमा पुगेको थियो । यसअघि अहिलेसम्म ७ टोलीले आईपीएल जितेकाेमा बेङ्गलुरु आईपीएलको ८औं च्याम्पियन टिम बनेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।