२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पारस घिसिङ तामाङको नयाँ गीत झ्याई पार्ने सार्वजनिक

पारस घिसिङ तामाङको नयाँ गीत झ्याई पार्ने सार्वजनिक
सेयर गर्नुहोस्
०सेयर

जेठ २१
नेपाली लोक गायक पारस घिसिङ तामाङको नयाँ लोक आधुनिक सांगीतिक कोसेली झ्याई पार्नेे बजारमा सार्वजनिक भएको छ । यस गीतमा आवाज कलाकार पारस घिसिङ तामाङ, शब्द संगीत कुमार दुमी राई, संगीत संयोजन वादल लिम्बुले गरेका छन् । मिक्स मास्टरीङ चन्द्र चौधरी, डाईरेक्सन तथा कोरीयोग्रीफी रबिना तामाङको रहेको छ । साथमा विस्वा स्याङबो तामाङ, एलिसा घिसिङ तामाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यस गीतको छायाङ्कन झापा र ईलामको विभिन्न स्थानमा गरिएको छ ।

गायक तामाङको यस अघि सोल्टीनी मेरी, तमोर नदी, आफ्नै देशको माया,कान्छी आई लभ यु, बेशी झरौला, लेकालि डोल्मो, पानी लै प¥यो, छली मायाले लगायतका गीतहरु बजारमा सार्वजनिक भएको छ । कलाकार तामाङले मंगलबार लोक आधुनिक गीत झ्याई पार्नेे आफ्नै युट्युब च्यानल पारस घिसिङ तामाङ मार्फत सार्बजनिक गरेका हुन् ।

हाल बैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रहेका कलाकार तामाङ लामो समयदेखि सांगीतिक क्षेत्रमा पनि सक्रिय रहेका छन् । तामाङ सामाजिक क्षेत्रमा पनि कृयाशिल छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।