जेठ २१
नेपाली लोक गायक पारस घिसिङ तामाङको नयाँ लोक आधुनिक सांगीतिक कोसेली झ्याई पार्नेे बजारमा सार्वजनिक भएको छ । यस गीतमा आवाज कलाकार पारस घिसिङ तामाङ, शब्द संगीत कुमार दुमी राई, संगीत संयोजन वादल लिम्बुले गरेका छन् । मिक्स मास्टरीङ चन्द्र चौधरी, डाईरेक्सन तथा कोरीयोग्रीफी रबिना तामाङको रहेको छ । साथमा विस्वा स्याङबो तामाङ, एलिसा घिसिङ तामाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यस गीतको छायाङ्कन झापा र ईलामको विभिन्न स्थानमा गरिएको छ ।
गायक तामाङको यस अघि सोल्टीनी मेरी, तमोर नदी, आफ्नै देशको माया,कान्छी आई लभ यु, बेशी झरौला, लेकालि डोल्मो, पानी लै प¥यो, छली मायाले लगायतका गीतहरु बजारमा सार्वजनिक भएको छ । कलाकार तामाङले मंगलबार लोक आधुनिक गीत झ्याई पार्नेे आफ्नै युट्युब च्यानल पारस घिसिङ तामाङ मार्फत सार्बजनिक गरेका हुन् ।
हाल बैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रहेका कलाकार तामाङ लामो समयदेखि सांगीतिक क्षेत्रमा पनि सक्रिय रहेका छन् । तामाङ सामाजिक क्षेत्रमा पनि कृयाशिल छन् ।