नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का असहाय तथा विपन्न परिवारलाई खाद्यन्न सामाग्र्री वितरण गरिएको छ । यूवा नेता एवंम् नेकपा एमाले धादिङका पूर्व जिल्ला कमिटि सदस्य नविन धमलाले आफ्नो जन्म दिनको अवसरमा खाद्यन्न सामाग्र्री सहयोग गर्नुभएको हो । धमलाले नीलकण्ठ नगरपालिका वडा नम्बर ९ भित्रका १४ घर परिवारका लागि दाल, चामल, नुन तेल लगायतका खाद्यन्न सामाग्री वितरण गर्नुभएको हो ।
वैदेशिक रोजगारीको शिलशिलामा मकाउमा रहनुभएका धमलाले नेकपा एमाले नीलकण्ठ ९ नम्बर वडा कमिटिका अध्यक्ष नन्द बहादुर गुरुङ मार्फत सहयोग प्रदान गर्नुभएको हो । गत निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार समेत रहेका धमलाले विदेशमा रहेर पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आउनुभएको छ ।
सानो सहयोगले पनि कसैलाई ठुलो राहत मिल्न सक्छ भन्ने मनायसले सहयोग उपलब्ध गराईएको धमलाले धादिङ अपडेट डटकमसँग भन्नुभयो । सहयोग सामाग्री हस्तान्तण नेकपा एमाले नीलकण्ठ नगर कमिटिका अध्यक्ष काजी श्रेष्ठ, सचिव राजाराम पाठक, नीलकण्ठ नगरपालिका ९ नम्बर वडा कमिटि अध्यक्ष नन्द बहादुर गुरुङ, नेकपा एमाले पूर्व जिल्ला कमिटि सदस्य दुर्गा दुवाडी, नवराज दुवाडी लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।
