पर्यटकिय नगरी उत्तरी धादिङको रुबी भ्याली गाउँपालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागि ४५ करोड ४७ लाख ३४ हजारको बजेट सार्वजनिक गरेको छ ।
रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङका अनुसार यातायात पूर्वाधार विकासमा जोड, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन, उद्योग, खानिजन्य पदार्थको उत्खननको लागि विशेष पहल गरीने , स्वास्थ बिमा कार्यक्रम, सामाजिक सुरक्षा भत्ताको शिविर संचालन लगायत सबै क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याइएको छ ।
स्थानीय स्रोत न्यून रहेको र केन्द्र तथा प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाए पनि जनताको आवश्यकता र मागलाई मध्यनजर गर्दै बजेट तयार गरिएको बताउनुभयो । त्यस्तै जिल्लाका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी प्रावधानअनुसार अधिकांश पालिकाले १० गतेसम्म बजेट सार्वजनिक गरेका हुन्।
आर्थिक वर्ष २०८२/०८३ को लागि पालिकागत बजेट विवरण ः
- नीलकण्ठ नगरपालिका १ अर्ब २२ करोड ९८ लाख ५ हजार
धुनिवेशी नगरपालिका ९५ करोड २० लाख ८५ हजार ६०८
थाक्रे गाउँपालिका ९३ करोड १२ लाख ४५ हजार
बेनीघाट रोराङ गाउँपालिका ९३ करोड ३० लाख ३१ हजार
गल्छी गाउँपालिका ७३ करोड ४५ लाख २६ हजार ५२५
गजुरी गाउँपालिका ६७ करोड २२ लाख ९२ हजार
ज्वालामुखी गाउँपालिका ६४ करोड ८ लाख ९० हजार
त्रिपुरासुन्दरी गाउँपालिका ६४ करोड ९० लाख
गंगाजमुना गाउँपालिका ६२ करोड ११ लाख ६६ हजार ३५७
सिद्धलेक गाउँपालिका ६० करोड ५७ लाख ८४ हजार ९१४
रुवी भ्याली गाउँपालिका ४५ करोड ४७ लाख ३४ हजार
खनियाबास गाउँपालिका ४४ करोड १५ लाख ८० हजार ५ सय
धादिङ जिल्लामा यसपटक सबैभन्दा बढी बजेट नीलकण्ठ नगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम बजेट खनियाबास गाउँपालिकाले ल्याएको छ ।