
धादिङ क्षेत्र नं. २ (ख) बाट निर्वाचित बागमती प्रदेशसभा सदस्य डम्बर तामाङ सहित ६ जनाविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा प्रदेशसभा सदस्य तामाङ सहित ६ जना विरुद्ध पक्राउ पुुुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी हुनेहरूमा प्रोसोलुसन्सका संस्थापकहरू सन्तोष पौडेल, संचिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादव छन् ।
चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइनअन्तर्गतको सब–स्टेशन निर्माणको ठेक्कामा अनियमितता भएको आरोपमा सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङले जाहेरी दिनुभएको थियो । बागमती प्रदेशको सहकारी मन्त्री समेत भईसक्नुभएका तामाङमाथि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको दबाबमा आफ्नै कम्पनीलाई लेबर कन्ट्रयाक्ट दिलाएर आर्थिक अनियमितता गरेको आरोप छ ।
उच्च अदालत पाटनले पनि उनीहरूको निषेधाज्ञा निवेदन खारेज गरेको छ ।