२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पेट्रोल, डिजेलको भाउ घट्यो

पेट्रोल, डिजेलको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ ।निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

मूल्य घटेसँगै पेट्रोलको भाउ पहिलो वर्ग चालआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा एक सय ५९ रुपैयाँ र तेस्रो वर्ग काठमाण्डौ, पोखरा र दिपायलमा एक सय ६० रुपैयाँ पर्नेछ ।

त्यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गमा प्रतिलिटर एक सय ४५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ४७ रुपैयाँ र तेस्रो वर्गमा एक सय ४८ रुपैयाँ पर्नेछ ।

इन्डियन आयल कर्पोरेसशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टीतेल र पेट्रोलको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।