
धादिङको नीलकण्ठ नगरपालिका वडा न ९ दुईघरेका राजु वि.क अहिले गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहनुभएको छ ।
आन्द्रामा पिप जमेर विगत लामो समयदेखि टिचिङ अस्पताल काठमाण्डौंमा उपचार गराउँदै आउनुभएका ३१ वर्षिय वि.क.लाई शल्यक्रिया गर्नुपर्ने भएपछि यतिबेला वि.क. आर्थिक संकटमा पर्नुभएको छ । आर्थिक अवस्था कमजोर भएका वि.कलाई स्वास्थ्य उपचारमा समस्या भएपछि यतिबेला सहयोगी हातहरुसँग सहयोगको अपिल गरिएको छ ।
स्वास्थ्य समस्यासँग जुधिरहेका विकलाई बचाउन सबैले सकेको सहयोग गरिदिन नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराईलीले अनुरोध गर्नुभयो । सामाजिक कार्यमा सक्रिय युवा राजु वि.क.लाई बचाउन यतिबेला सामाजिक सञ्जालमा विभिन्न सहयोग समूह बनाएर आर्थिक संकलनको काम भईरहेको वडा अधयक्ष बराईलीले बताउनुभएको छ ।