२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

समाचार लेखेको भन्दै पत्रकारहरुमाथि धम्की, पत्रकार महासंघले भन्यो निन्दनिय

समाचार लेखेको भन्दै पत्रकारहरुमाथि धम्की, पत्रकार महासंघले भन्यो निन्दनिय
सेयर गर्नुहोस्
०सेयर

शिक्षक सरुवाको विषयमा समाचार लेखेको भन्दै धादिङका पत्रकारहरु केशव अधिकारी र अनिल नेपालीलाई सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले धम्कि दिएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्र, जिल्ला शाखा धादिङ र प्रेस चौतारी नेपाल धादिङले विरोध गरेका छन् ।

प्रेस विज्ञप्ति मार्फत पत्रकारलाई गाउँ प्रहरी लगाएर प्रमुखको कार्यकक्षमा उपस्थित गराइ तथा फोन मार्फत धम्की दिएको विषय निन्दनीय र प्रचलीत कानुनको विरुद्धमा तथा प्रेस स्वतन्त्रताको विरुद्धमा भएको भन्दै विरोध गरेका हुन् ।

सिद्धलेक गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयअनुसार गाउँपालिकाको वेबसाइटमा राखिएको सूचनामा उल्लेख भएको शिक्षक सरुवाबारे समाचार लेखेका कारण गाउँपालिका अध्यक्ष खतिवडाले धादिङ न्युज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका सम्पादक अनिल नेपालीलाई धम्की दिएको तथा हप्काएको विषयलाई गम्भीर रुपमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

विषयगत शिक्षक सरुवा भएपछि सिद्धलेक ७ को भालडाँडामा रहेको जाल्पा आधारभूत विद्यालयमा पठनपाठन प्रभावित भएको विषयमा धादिङ न्युजमा “सिद्धलेकका नौवटा विद्यालय बन्द गरिने” शीर्षकमा र बागमती कलममा “सिद्धलेकमा ९ वटा विद्यालय समायोजनः २८ जना शिक्षकको सरुवासँगै विद्यालय वर्गीकरण (विवरण सहित)” शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

समाचारको विषयमा चित्त नबुझेमा खण्डन गर्ने र प्रेस काउन्सिल मार्फत कानुनी प्रक्रियामा जानु पर्ने हुन्छ । तर धम्कि दिने कार्य प्रेस स्वतन्त्रता माथिको आक्रमण रहेको भन्दै सार्वजनिक रुपमा माफी माग्न र आगामी दिनमा प्रेस स्वतन्त्रता विरोधी यस्ता गतिविधि नगर्ने प्रतिवद्धता जनाउन उनीहरुले माग गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।