भाद्र ७

इजरायल – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इजरायलको आयोजनामा हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अबसरमा तीज विशेष दर खाने कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम यहि अगष्ट २५ तारिख सोमबारका दिन साँझ तेलअभिव स्थित लेभिन्स्की पार्कमा हुनेछ ।

तीज विशेष कार्यक्रम आयोजना गर्नुको मुख्य उदेश्य प्रवासमा रहेर पनि तीजको साँस्कृतिक तथा धार्मीक महत्वलाइ प्रवद्र्धन र संरक्षण गर्ने, एक आपसमा शुभकामना आदान – प्रदान गर्ने, दर खाने, तीज विशेष साँस्कृतिक कार्यक्रम गर्नुका साथै भेटघाट, आपसी भाइचारा अभिवृद्धि गर्नुका साथै आपसमा सबैसँग सहयोग र सद्धभाव कायम राख्ने रहेको एनआरएनए इजरायलका महासचिव चित्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

एनआरएनए इजरायलले तीज विशेष दर खाने कार्यक्रममा नेपाली दुतावास इजरायलका महामहिम राजदुत धन प्रसाद पण्डितलाइ प्रमुख अतिथीको रुपमा निमन्त्रणा गरिएको छ । कार्यक्रममा उपस्थितिको लागि इजरायलमा रहेका क्रियाशिल विभिन्न सामाजिक, संघ – संस्थाका प्रमुख लगाएत, सम्पुर्ण नेपाली र नेपाली भाषी दीदीबहिनी तथा दाजुभाइहरुलाइ निमन्त्रणा गरिएको छ । हरेक वर्ष एनआरएनए इजरायलले हरितालिका तीजको अबसरमा तीज विशेष कार्यक्रम गर्दै आएको छ ।

 

Facebook Comments