राष्ट्रिय युवा संघ नेपाल धादिङको प्रथम बैठकले जिल्लाभित्रका पाँच पालिकामा हुने अधिवेशनको मिति तय गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल धादिङको जिल्ला संयोजक किरण पाठकको अध्यक्षतामा सम्पन्न बैठकले ज्वालामुखी गाउँपालिकाको अधिवेशन भदौ २४ गते, धुनीबेसी नगरपालिकाको अधिवेशन भदौ २८ गते, नेत्रावती डबजोङ गाउँपालिकाको अधिवेशन भदौ ३० गते, बेनीघाट रोराङ गाउँपालिकाको अधिवेशन भदौ २७ गते र नीलकण्ठ नगरपालिकाको अधिवेशन असोज ६ गते गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले असोज ११ गते धादिङबेसीमा दशैं–तिहार विशेष शुभकामना आदानप्रदान तथा बृहत रक्तदान कार्यक्रमका साथै विविध सास्कृतिक कार्यक्रम गर्ने निर्णय समेत गरेको जिल्ला नेतृत्वले जनाएको छ । बैठकमा नेकपा (एमाले) धादिङका उपाध्यक्ष अर्जुन गोर्खालीको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला सचिव राधिका सापकोटा र संगठनका केन्द्रीय सदस्य सुनिल तामाङ विशेष आतिथ्यता रहेको थियो ।

Facebook Comments