
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ मा असोज ६ गतेदेखि प्रथम सिद्धलेक म्हेन्दोमाया कप 9 A Side खुल्ला फुटबल नकआउट प्रतियोगिता हुने भएको छ ।
युवाहरूको बाटो कुलत र दुव्र्यसन होईन, समाज विकास राष्ट्र निर्माण हो भन्ने मुल नारा सहित म्हेन्दोमाया युवा समाजले प्रतियोगीताको आयोजना गर्न लागेको हो । नयाँबस्ती बांजोगरा खेल मैदानमा हुने प्रतियोगीताको लागि टिम दर्ता यहि भाद्र १५ गतेदेखि असोज ३ गते सम्म गर्न सकिने आयोजकले जनाएको छ ।
१० हजार प्रवेश शुल्क तोकिएको उक्त प्रतियोगीताको प्रथम पुरस्कार नगद १ लाख, शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् । भने द्धितिय हुने टिमले नगद ५० हजार शिल्ड, मेडल र ट्रफी तथा सेमीफाईनल सम्म पुग्ने टिमले नगद १५ हजार शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगीता असोज ५ गतेदेखि ८ गते सम्म सञ्चालन हुनेछ ।