२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

समाजसेवी ईश्वर गुरूङद्वारा क्ष्योलिङ गुम्बाको लागि बुद्धको मुर्ती प्रदान

समाजसेवी ईश्वर गुरूङद्वारा  क्ष्योलिङ गुम्बाको लागि बुद्धको मुर्ती प्रदान
सेयर गर्नुहोस्
०सेयर

धादिङको नीलकण्ठ नगरपालिका वडा-९ काफलपानीमा रहेको क्ष्योलिङ गुम्बालाई लगभग ३ केजिको बुद्धको मुर्ती उपहार स्वरूप प्रदान गरिएको छ ।

स्थानिय समाजसेवी ईश्वर गुरूङले उक्त बुद्धको मुर्ती गुम्बा व्यवस्थापन समितिलाई प्रदान गर्नुभएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

मुर्ती प्रदान गर्नुभएका समाजसेवी ईश्वर गुरूङलाई खादा लगाएर सम्मान समेत गरिएको थियो । बौद्ध धर्मावलम्वीहरूको पुजा पाठ, ध्यान गर्न र आन्तरिक तथा बाह्य पर्यटक वृद्दि गर्ने उदेश्यले २०७४ सालमा बागमती प्रदेश सरकारको बजेटमा निर्माण सुरू भएको यस गुम्बा बजेट अभावले अझै सम्पन्न हुन सकेको छैन ।

१०० भन्दा बढी घरधुरी गुरुङ समुदायको बस्ती रहेको काफलपानी गुरूङ गाउ नजिक जिल्लाकै प्रमुख धार्मिक स्थल जलमुखी मन्दीरको कारण पनि प्रख्यात छ ।

हरेक पुर्णिमाको दिन विशेष पुजाआरधना र मेला लाग्ने यस मन्दीरमा धादिङ लगायत नुवाकोट, रसुवा, काठमाण्डौंका भक्तजनहरु आउने गर्दछन् । साथै यहाँ बाट नेपालकै दोस्रो ठूलो टार सल्यान्टारका साथै साबिकको ५० वटै गाबिस देख्न सकिन्छ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।