वेस्टर्न अष्ट्रेलियामा भएको दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्स स्पोर्टस क्लवले जितेको छ । दंशैको अवसरमा केटीएम बोयजले आयोजना गरेको फुटसल प्रतियोगीतामा १४ ओटा फुटसल टिमको सहभागीता रहेको थियो ।

आयोजक केटिम बोईजलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै हिमालयन रेन्जर्सले उपाधी जितेको हो । उपाधी विजेता हिमालय रेन्जर्सले १५०० अस्ट्रेलियन डलर नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । निर्धारित समयमा ४–४ गालेको बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । प्रतियोगीतामा हिमालयन रेन्जर्सका आयुष बिडारी सर्वश्रेष्ठ गोलकिपर, कप्तान दिनेश गुरुङ उच्च गोलकर्ता घोषित भए ।

नेपाली समुदायलाई खेलकूद मार्फत एकतावद्ध बनाउने उद्देश्यले प्रतियोगीताको आयोजना गरिएको क्लवले जनाएको छ । यस्तै प्रतियोगीताको उपाधी विजेता हिमालयन रेन्जर्स स्पोर्टस क्लव सन् २०२३ स्थापना भएको हो । संस्थाका कोषाध्यक्ष सन्तोष थापाका अनुसार क्लवले छोटो समयमा नै पर्थको नेपाली खेलकुद समुदायमा एकता र शक्ति प्रदर्शन गर्ने प्रमुख प्रतीक बनेको बताउनुभयो । क्लबका अध्यक्ष मिलन बराइलेको नेतृत्वमा खेलकूद सँगै विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।

Facebook Comments