पृथ्वीराजमार्ग अन्तरगत धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ७ सातकिलामा २ ओटा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु भएको छ । भने एक जना घाईते भएका छन् ।

काठमाण्डौबाट महादेववेशी तर्फ जादै गरेको बा ७० प १६५१ नं.को मो.सा.र गजुरीबाट काठमाण्डौतर्फ जादै गरेको बा ९७ प २८५२ नं.को मो.सा एकआपसमा ठोक्कीएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक एवंम् सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा थांक्रे गाउँपालिका वडा नम्बर ६ बस्ने उत्तम अर्याल छन् । ठक्करपछि काठमाडौँबाट चितवनतर्फ ग्यास सिलिन्डर बोकेर जाँदै गरेको ना ६ ख ३०१३ नम्बरको ट्रकको अगाडिको टायरमुनि परेर अर्यालको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।

दुर्घटनामा परि अर्का मोटरसाईकल चालक गजुरी गाउँपालिका वडा नम्बर १ बस्ने ३० वर्षिय राजन श्रेष्ठ घाईते हुनुभएको छ । घाईते श्रेष्ठलाई उपचारको लागि काठमाण्डौं पठाईएको छ । भने ट्रक चालकलाई नियन्त्रणमा लिईएको छ । दुर्घटना पछि रोकिएको सवारी आवागमन अहिले सूचारु भएको छ ।

Facebook Comments