२०८३ कार्तिक २९, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

शेयर बजार ३० अङ्कले घट्दा फाइनान्स समूह झन्डै ३ प्रतिशतले ओरालाे लाग्याे

शेयर बजार ३० अङ्कले घट्दा फाइनान्स समूह झन्डै ३ प्रतिशतले ओरालाे लाग्याे

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ०२ अङ्कले घटेर २ हजार ५ सय ६६ दशमलव ०९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर २ दशमलव ९१ प्रतिशतले ओरालो लागेको छ । आज २ सय २२ वटा कम्पनीकाे शेयर घटेकाेमा २९ वटाकाे बढेकाे छ । यस्तै साेल्टी हाेटलकाे शेयर घटबढ भएकाे छैन ।

आज उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन दरमखोला हाइड्रो इनर्जी, माबिलुङ इनर्जी, सागर डिस्टिलरी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार ५ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ४ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।