२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

फागुन २१ गतेको चुनाव सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

फागुन २१ गतेको चुनाव सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गतेका लागि तोकिएको चुनाव सफल बनाउन आह्वान गर्नुभएको छ । आज सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आउँदो प्रतिनिधिसभा सदस्यको चुनावलाई सफल बनाउनुपर्ने बताउनुभयो ।

युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै चुनाव घोषणा गरेको र यसलाई सफल बनाउनुपर्ने राष्ट्रपति पाैडेलको भनाइ छ । लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल नागरिकले प्राप्त गर्न चुनाव महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

राष्ट्रपति पौडेलले प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट नागरिकलाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व भएको भन्दै चुनावको वातावरण बनाउने भूमिका खेल्न आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आमसञ्चार माध्यमलाई व्यावसायिक रूपमा अघि बढाउन प्रसारण गर्ने विषय सामग्री महत्त्वपूर्ण हुने भन्दै यसमा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालको प्रतीक चिह्न लोगो सार्वजनिक र नयाँ च्यानल एन टिभी वर्ल्डको शुभारम्भ पनि गरिएको छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रूपान्तरित पीएसबी नेपालले प्रथम वार्षिकोत्सव पनि मनाएको हो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।