२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

हङकङकाे अपार्टमेन्टमा आगलागी : ज्यान गुमाउनेकाे सङ्ख्या ५५ पुग्याे

हङकङकाे अपार्टमेन्टमा आगलागी : ज्यान गुमाउनेकाे सङ्ख्या ५५ पुग्याे
Firefighters spray water on flames as a major fire burns through several apartment blocks at the Wang Fuk Court residential estate in Hong Kong's Tai Po district on November 27, 2025. The death toll from a high-rise fire in Hong Kong has risen to at least 44, officials said on November 27 as the blaze still smoldered and police said three suspects were arrested. (Photo by Peter PARKS / AFP)

हङकङको ताई पो क्षेत्रमा भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ५५ पुगेको छ । ताई पो क्षेत्रमा रहेको वाङ्फुक कोर्ट नामक विशाल हाउजिङ कम्प्लेक्समा आगो लाग्दा २ सय ७९ जनाभन्दा धेरै मानिस हराइरहेको बीबीसीले जनाएको छ ।

आगलागीबाट प्रभावित ७ भवनमध्ये ४ वटामा आगो निभेको र बाँकी रहेका आगो बेलुकासम्म निभाउने अधिकारीहरूले आशा व्यक्त गरेका खबरमा उल्लेख छ ।

प्रहरीले निर्माण कम्पनीका तीन जनालाई पक्राउ गरेको छ । भवन निर्माणमा लापर्बाही गरेको आरोपमा कम्पनीका दुई जना सञ्चालक र एक जना सल्लाहकारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आगो शुरू हुँदा कम्प्लेक्सको मर्मत भइरहेको थियो । गुणस्तरहीन निर्माण सामग्रीको कारण आगो छिटो फैलिएको अग्नी नियन्त्रकहरूले बताएका प्रहरीले जनाएको छ ।

विगत ६० वर्षयता भएको आगलागीमध्ये यो नै सबैभन्दा ठूलो भनिएको छ । वाङ्फुक कोर्टमा ८ वटा ३१–३१ तलाका अग्ला भवनहरू थिए । सन् २०२१ को जनगणना अनुसार ती बहुतले भवनहरूमा १ हजार ९ सय ८४ वटा अपार्टमन्ट थिए । ती अपार्टमेन्टमा ४ हजार ६ सय जना मानिसहरू बस्थे ।

आगो निभाउन ७ सय ६७ जना अग्नि नियन्त्रकका साथै १ सय २८ दमकल, ५७ एम्बुलेन्स र झन्डै ४ सय प्रहरी खटाइएका छन् । आगलागीको कारण खुलेको छैन ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।