२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमकाे लगातार चाैथाे जीत

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमकाे लगातार चाैथाे जीत
सेयर गर्नुहोस्
०सेयर

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जीत हासिल गरेको छ । आज भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले हरायो ।

लुम्बिनीले दिएको १ सय ४४ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १८ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका विनोद भण्डारीले नटआउट ६९, आरिफ शेखले ३९ रन बनाए । लुम्बिनीका रुबेन ट्रम्पेलमान, अभिशेष गौतम र तिलक भण्डारीले १/१ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी १९ ओभर ४ बलमा १ सय ४३ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका कप्तान रोहित पौडेलले ३५, दिलिप नाथले ३१ रन बनाए । सुदूरपश्चिमका अविनाश बोहरा र हर्मीत सिंहले ३/३ विकेट लिए ।

यो जीतसँगै सुदूरपश्चिम ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । लुम्बिनी ४ खेलमा २ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ ।

यस्तै आजै दिउँसो ४ बजे तालिकाको सातौं स्थानमा रहेको जनकपुर बोल्ट्स र पुछारमा रहेको पोखरा एभेन्जर्स खेल्दैछन् । दुवै टोलीले यसअघिका दुई वटै खेल हारेर अङ्कविहीन छन् ।

एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।