२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँले बढेको छ ।

सुन आज २ हजार दुई सय रुपैयाँले बढेर तोलाको २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ४८ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी आज ६५ रुपैयाँले बढेर तोलाको ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ३ हजार २ सय ८० रुपैयाँ थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।