२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रुवी भ्याली गाउँपालिकाको सेवा अब वृचेतस्थित नयाँ भवनबाट

रुवी भ्याली गाउँपालिकाको सेवा अब वृचेतस्थित नयाँ भवनबाट

उत्तरी धादिङको रुवी भ्याली गाउँपालिकाले प्रशासनिक सेवा अब वडा नं. ४, वृचेतमा बनेको नयाँ प्रशासनिक भवनबाट सञ्चालन गर्ने भएको छ । बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले मंसिर २६ गते (शुक्रबार) देखि नयाँ भवनबाट सेवा प्रारम्भ गर्ने निर्णय गरेको हो ।

कार्यालय स्थानान्तरण, सामग्री सार्ने तथा भौतिक व्यवस्थापनका कारण २२ देखि २५ गतेसम्म सेवा प्रवाहमा केही असहजता हुन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार गोलेले बताउनुभयो । गाउँपालिका अध्यक्ष रामसिंह तामाङले नयाँ प्रशासनिक भवनबाट सेवा सुरु गर्नु गाउँपालिकाको दीर्घकालीन लक्ष्य पूरा भएको बताउँदै ,“वृचेतस्थित नयाँ भवन सञ्चालनमा आएपछि जनताले थप सहज, छरितो र प्रभावकारी सेवा पाउने बताउनुभयो ।

भविष्यमा सेवाको गुणस्तर अझ उकास्ने गरी गाउँपालिका प्रतिबद्ध रहेको समेत बताउनुभयो । भौगोलिक कठिनाइका बीच सम्पन्न नयाँ कार्यालय भवन गाउँपालिकाको विकास यात्रामा महत्वपूर्ण उपलब्धि हुने उहाँको भनाई थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।