२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एनपीएल क्रिकेट चलिरहेका बेला बलले लागेर चियर लिडर घाइते

एनपीएल क्रिकेट चलिरहेका बेला बलले लागेर चियर लिडर घाइते

काठमाण्डौको त्रिवि क्रिकेट रङगशाला, कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट चलिरहेका बेला बलले लागेर चियर लिडर घाइते भएकी छन् ।

घाइते चियर लिडरलाई उपचारका लागि तत्कालै बल्खुमा रहेको बयोधा अस्पतालमा लगिएको छ । घाइतेको अनुहारमा चोट लागेको छ ।

आज दिउँसो जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल मल्लले हानेको बलले चियर लिडरलाई लागेको थियो । यो खेलमा चितवन जनकपुरसँग ६ विकेटले पराजित भएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।