२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रुसी राष्ट्रपति भारत भ्रमणमा आउँदै, दिल्लीमा भव्य स्वागतको तयारी

रुसी राष्ट्रपति भारत भ्रमणमा आउँदै, दिल्लीमा भव्य स्वागतको तयारी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि भारत आउँदै हुनुहुन्छ । पुटिन दिउँसो ४ बजे नयाँ दिल्लीमा आइपुग्नुहुने बीबीसी हिन्दीले जनाएको छ ।

दिल्लीमा पुटिनको भव्य स्वागत गर्ने तयारी भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र दुई देशबीच हुने शिखर सम्मेलनका लागि हुन लागेको पुटिनको भ्रमणमा भारत र रुसबीच कैयौँ सम्झौताहरूमा हस्ताक्षर हुने तयारी रहेको भारतीय संचारमाध्ययमहरुले जनाएका छन् । अमेरिकाले रुसी तेल खरिद रोक्न भारतमाथि दबाव दिएको केही समयमै रुस र भारतबीच सम्झौताहरू हुन लागेका हुन् ।

अहिले भारतसँग अमेरिकाको सम्बन्ध विग्रिएको छ । भारतबाट आयात हुने सामाग्रीमा अमेरिकाले ५० प्रतिशत कर लगाएको छ । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा चलिरहेको युद्ध अन्त्य गर्ने प्रयासमा रुस र युक्रेनसँग शृङ्खलाबद्ध वार्ता गरिरहेको बेला पुटिन भारत आउन लाग्नुभएकोले यो भ्रमणलाई अमेरिका सहित विश्व समुदायले चासोका साथ हेरेको छ । सन् २०२२ मा युक्रेनसँग युद्ध शुरू भएपछि पुटिन पहिलोपटक भारत आउन लाग्नुभएको हो ।

भोलि दिल्लीमा रहेको भारत मण्डपममा आयोजित इन्डिया–रुस बिजनेश सम्मेलनलाई पुटिन र मोदीले सम्बोधन गर्नुहुने छ । सम्मेलनमा सुरक्षा सम्बन्ध प्रवद्र्धन, व्यापार सम्बन्ध प्रवद्र्धन, विदेशी हस्तक्षेपबाट जोगिने विषयबारे छलफल हुनेछ । भारत र रुसले वर्षेनी आलोपालो यो सम्मेलन आयोजना गर्दै आएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।