२०८३ मंसिर १, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मौसम नखुल्दा भैरहवाको उडान प्रभावित, रवि लामिछाने भरतपुर ओर्लिएर रुपन्देही पुग्दै

मौसम नखुल्दा भैरहवाको उडान प्रभावित, रवि लामिछाने भरतपुर ओर्लिएर रुपन्देही पुग्दै

बाक्लो हुस्सुका कारण मौसम नखुलेपछि रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ ।

उडान प्रभावित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुन ढिलाइ भएको छ । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उहाँ दिउँसो १ बजेसम्म रोकिनुपर्‍याे । त्यसपछि लामिछाने चितवनको भरतपुर विमानस्थल ओर्लिएर त्यहाँबाट गाडीमा रुपन्देही पुग्दै हुनुहुन्छ ।

सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछानेलाई उच्च अदालत बुटबल इजलासले हिजो रिहा गर्न आदेश दिएपछि उहाँ आज रुपन्देही जान लाग्नुभएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने आठ महिनादेखि थुनामा हुनुहुन्छ । उहाँले बिगो बराबरको रकम धरौटी राखेर रिहा हुन पाउनुपर्ने माग गर्नुभएको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शर्तसहित उहाँलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।