२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भारत र दक्षिण अफ्रिकाबीचको पाँचौ तथा अन्तिम टी–२० खेल आज

भारत र दक्षिण अफ्रिकाबीचको पाँचौ तथा अन्तिम टी–२० खेल आज

भारत र दक्षिण अफ्रिकाबीचको पाँचौ तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल अहमदावादमा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ ।

पाँच खेलको टी–२० श्रृंखला भारत २–१ ले अगाडि छ । पहिलो खेल भारतले १ सय १ रनले जितेको थियो भने दोस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग ५१ रनले पराजित भएको थियो । चौथौ खेल बाक्लो हुस्सु र वायु प्रदूषणका कारण हुन सकेन ।

भारतले आजको खेल जितेमा टी–२० शृङ्खला जित्नेछ भने दक्षिण अफ्रिकाले जिते शृङ्खला बराबरी हुनेछ । यस अघि यी दुई देशबीच भएको टेस्ट शृङ्खला दक्षिण अफ्रिकाले र एक दिवसीय शृङ्खला भारतले जितेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।