२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनचाँदीको भाउमा लगातार कीर्तिमान : सुन तोलाको २ लाख ६७ हजार २ सय रुपैयाँ पुग्यो

सुनचाँदीको भाउमा लगातार कीर्तिमान : सुन तोलाको २ लाख ६७ हजार २ सय रुपैयाँ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर तोलाको ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार २ सय ३५ रुपैयाँ रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।