२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

शेयर बजार सामान्य बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार सामान्य बढ्याे, काराेबार रकम घट्याे
forex trading stock market background with chart diagram vector
सेयर गर्नुहोस्
०सेयर

लगातार तीन कारोबार दिन घटेको शेयर बजार आज समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव २७ अङ्कले बढेर २ हजार ५ सय ८४ दशमलव ४९ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, लगानी, बीमा, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ३४ वटा कम्पनीको शेयर बढेकोमा १ सय १७ वटाको घटेको छ । यस्तै ८ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज एसवाई प्यानल नेपाल कम्पनीको शेयर सबैभन्दा धेरै ७ प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै ६ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ३ सय २८ वटा कम्पनीका ७६ लाख ६८ हजार कित्ता शेयर ३ अर्ब ४२ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।