२०८३ मंसिर ७, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ–२ मा विकास र सुशासनको अभियान : रामबहादुर भण्डारीप्रति जनविश्वास बढ्दै

धादिङ–२ मा विकास र सुशासनको अभियान : रामबहादुर भण्डारीप्रति जनविश्वास बढ्दै

धादिङ । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा धादिङ निर्वाचन क्षेत्र नं. २ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। नेकपा उम्मेदवार रामबहादुर भण्डारी ‘तारा’ चुनाव चिन्हसहित चुनावी तयारीमा जुट्दै विकास र सुशासनको स्पष्ट दृष्टिकोणका कारण मतदाताको ध्यान केन्द्रित गराउन सफल हुनुभएको छ ।

जनसम्पर्क अभियान सक्रिय

निर्वाचन मिति नजिकिँदै गएसँगै पार्टीले व्यापक जनसम्पर्क अभियान सुरु गरेको छ। माघ १२ गतेदेखि सुरु हुने भण्डारीको घरदैलो कार्यक्रम केवल मतदातासँग भेटघाटमा सीमित नभई उहाँका समस्या सुन्ने र समाधानका सम्भावित उपाय छलफल गर्ने उद्देश्यले संचालन गरिने भएको पार्टी स्रोतले जानकारी दिएको छ।

साझा सरोकारका प्रतिनिधि

राजनीतिलाई सेवाको माध्यमका रूपमा लिने भण्डारीले सामाजिक न्याय, पारदर्शिता र दिगो विकास आफ्नो मुख्य एजेन्डा बनाएका छन्। उहाँका अनुसार, “राजनीतिक पद नै लक्ष्य होइन, जनताको जीवनमा महसुस हुने सुधार नै मेरो प्राथमिकता हो।”

निष्ठा र इमानदारिताको परिचय

नेपाली राजनीतिमा ‘जिउँदो सहिद’ का रूपमा चिनिएका भण्डारी सत्यनिष्ठा, पारदर्शिता र जवाफदेहिताका पक्षधर हुन्। उहाँका नजिकका सहकर्मीहरूका अनुसार, भण्डारीको नेतृत्व शैली व्यवहारमुखी र युवामैत्री छ, जसले नयाँ पुस्तामा नेतृत्वप्रतिको भरोसा बढाएको छ।

मतदाताको प्राथमिकतामा

स्थानीय समुदायसँगको लामो सम्बन्ध, सामाजिक न्यायका सवालमा अग्रसर भूमिका, र कठिन समयमा पनि जनताका पक्षमा उभिने भण्डारीको छवि धादिङ–२ मा लोकप्रिय बन्दै गएको छ। स्थानीय विश्लेषकहरू भन्छन्, “समावेशी विकास र सुशासनका सवालमा लगातार बोल्दै आएका रामबहादुर भण्डारी यस क्षेत्रका मतदाताका लागि विश्वसनीय विकल्पका रूपमा उदाएका छन्।”

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।