२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

शेयर बजार सामान्य बढ्याे, काराेबार रकम भने घट्याे

शेयर बजार सामान्य बढ्याे, काराेबार रकम भने घट्याे
forex trading stock market background with chart diagram vector

हिजो उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ०८ अङ्कले बढेर २ हजार ७ सय ३१ दशमलव ५९ विन्दुमा पुगेको छ ।

आज बैंक, लगानी, बीमा, माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज १ सय ४१ वटा कम्पनीको शेयर बढेकोमा १ सय १२ वटाको घटेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज कर्पाेरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सामान्य बजार बढेको दिन गुलविल फाइनान्स कम्पनीको डिबेन्चर २०८३ सबैभन्दा धेरै ८ दशमलव ०७ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १४ अर्ब १६ करोडको कारोबार भएकोमा आज ३ सय ३४ वटा कम्पनीका २ करोड ३६ लाख कित्ता शेयर ११ अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।