२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

चाइना युनानसँगको मैत्रीपूर्ण फुटबलका नेपाली यू–२० महिला टोली घोषणा

चाइना युनानसँगको मैत्रीपूर्ण फुटबलका नेपाली यू–२० महिला टोली घोषणा

चाइना युनानको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलका लागि २० वर्षमुनिको नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय टोली घोषणा गरेको हो ।

मैत्रीपूर्ण फुटबल आउँदो शनिवार काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएको खेलले नेपाली महिला युवा टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने एन्फाले जनाएको छ ।

खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरूसमेत आयोजना हुनेछ । खेलका लागि चिनियाँ टोली पर्सि नेपाल आइपुग्नेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।