लागू औषध गाँजा मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गल्छी गाउँपालिका वडा नं. ५ बस्ने अन्दाजी ७० वर्षका सिंह बहादुर तामाङ रहेका छन् । धादिङ जिल्ला अदालतबाट ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सजाय पाएका तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा प्रतिवादीलाई फेला पारी पक्राउ गरेको हो ।
