२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

हिमपातले अवरुद्ध मुस्ताङको कागबेनी–मुक्तिनाथ सडक सञ्चालन

हिमपातले अवरुद्ध मुस्ताङको कागबेनी–मुक्तिनाथ सडक सञ्चालन
भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध रहेको मुस्ताङको कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु । जिल्ला प्रशासन कार्यालय मुस्ताङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा बिहीबार दिउँसोदेखि वडाध्यक्ष कर्माघ्याचो गुरुङको सहयोगमा कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाको डोजर प्रयोग गरी सडक खुलाउन थालिएको हो । तस्बिरः सुन्दरकुमार थकाली/रासस

हिमपातका कारण अस्तिदेखि अवरुद्ध मुस्ताङको कागबेनी–मुक्तिनाथ सडक सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो ।

हिमपातका कारण मुक्तिनाथ जाने १२ किलोमिटर कालोपत्र सडक पूर्ण रूपमा अवरुद्ध हुन पुगेको थियो । हिजो दिउँसोदेखि खुलाउने काम थालिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार अवरुद्ध सडक खुलाइएको भए पनि कतिपय घाम नलाग्ने ओसिलो ठाउँमा हिउँ ढुङ्गा जस्तै सारो हुने गरी जमेकाले गाडीहरु मुक्तिनाथ उक्लिन समस्या छ ।

फेरि हिमपात नभएमा केही दिनमा मुक्तिनाथ सडक थप सहज हुने वारागुङ मुक्तिक्षेत्र–४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङले जानकारी दिनुभयो

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।