धादिङको गुरुङ समुदायले हर्षाेउल्लाससँग माँ ङी पर्व मनाएका छन् । सदरमुकाम धादिङबेसी स्थित सिरानबजारमा गुरूङ समुदायले माँ ङी पर्व मनाएका हुन् । तमूस्यो ह्यूल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङको आयोजनामा माँ ङी त्ही पर्व मनाएका हुन् ।

गुरूङको सृष्टीकर्ता १२ महागुरू र ७ कन्या माङी भेट भएको दिनको रूपमा माँ ङी त्ही पर्व मनाउने गर्दछ । तमूस्यो ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका अध्यक्ष जमुना तमूस्योको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रिय निर्देशन तथा अनुगमन समिति सदस्य गणेशबहादुर गुरुङ प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि गणेशबहादुर गुरुङले गुरुङका सम्पूर्ण चाडहरुलाई विशेष महत्वका साथ मनाउँदै जानुपर्ने बताउनुभयो । जिल्लाका गुरुङहरुमा भाषामा केहि कमजोर देखिएपनि अन्य संस्कार संस्कृति, रितिरिवाज चाल चलनमा भने सदैव अघि रहेको समेत दावी गर्नुभयो ।

गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार, १२ महागुरू र ७ कन्या माङी भेट भएको दिनको रूपमा माँ ङी, १२ महागुरुहरुको धनुषवाण विद्या प्राप्त भएको र परिक्षण सफल भएको दिनको रुपमा फागुपूर्णिमा, गुरुङहरुको राज्य स्थापना गरि संविधान दिवश दिनको रुपमा वैशाख पूर्णिमा, ९ महागुरुहरुको श्रृष्टि भएको दिनको रुपमा जेठ दशमी तिथि लाई मनाईन्छ भने गुरुङहरुको राज्य स्थापना भएको दिनको रुपमा साउने संक्रान्तीलाई गरि गुरुङ समुदायले ६ ओटा प्रमुख चाडको रुपमा मनाउँदै आएको बताउनुभयो ।

तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका उपाध्यक्ष श्यामबहादुर गुरुङले माङी पर्वको महत्वका विषयमा बताउनुहुँदै दाजुभाई र दिदिवहिनिको सम्बन्धलाई दर्शाउने चाडको रुपमा रहेको बतानउुभयो । १२ महापुरुष र ७ मां ङी विच कुटुम्ब र दाजुबहिनि र दिदिभाईको सम्बन्ध गाँसिएको दिनलाई माङी पर्व मनाउने गरिएको बताउनुभयो ।

यस्तै कार्यक्रममा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशका कार्यवाहक अध्यक्ष तुलबहादुर गुरुङ, जिल्ला कार्य समिति धादिङका संगठन सचिव एवं ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णबहादुर गुरुङ, सदस्य धनबहादुर गुरुङ, धादिङबेसी तमू समाजका अध्यक्ष हिराबहादुर तमू, सचिव सोमबहादुर गुरुङ, तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् बागमती प्रदेश समिति सदस्य कल्पना तमूस्यो, नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

गुरुङ पात्रो अनुसार (हि कुहुन्द) माँ भन्नाले आमा र ङि भन्नाले सात (माङि) आमाहरुको उत्पत्ती भएको दिनका रुपमा नेपाल अधिराज्य भरी छरिएर रहेका सबै गुरुङ्हरुले भव्य रुपमा मनाउने गर्दछन्। गुरुङहरुको सृष्टिकर्ता १२ महापुरुष र ७ कन्या माडीको भेट भएको दिनको रुपमा पनि गुरुङ समुदायले मान्ने माङी पर्व मान्ने गर्छ। माँङी पर्वमा दाजुभाई र दिदिवहिनि विचको सम्बन्धलाई मजवुत बनाउने र दिदिवहिनिले आफ्नो दाजुभाईको सुस्वास्थ्य र दिर्घायुको कामना गरि मनाईने गरिन्छ ।

माँङी त्हीं मनाउनु भन्दा चार दिन अगाडि देखि (एकादशी देखि चतुर्दशी सम्म) दाजुभाईले दिदीबहिनी बोलाएर खुवाउने पिलाउने वा दिदीबहिनीहरुले पनि दाजुभाईहरुलाई बोलाएर खुवाउने पिलाउने गर्दछन् । दाजुभाई, दिदीबहिनी बीच एक आपसमा दीर्घायूको कामना गर्दछन् । अन्तिम दिन अर्थात् पाँचौ दिन (माघे औंसीको दिन) सम्पूर्ण (दाजुभाइ, दिदीबहिनी) गुरुङहरु क्होईबो (गुम्बा) मा जम्मा भई सामूहिक रुपमा माँङी त्हीं मनाउँदछन् ।

बिहानै माँङी (सात कन्या) को पूजा अर्चना गरी आफ्ना दाजुभाइबिच रुपा स्याई स्याई गरी दिदीबहिनीमा पनि रुपा स्याई स्याई गरेर पुजा सम्पन्न गर्दछन् र दिउँसो माँङी सम्बन्धी प्रवचन गर्दछन् ।

Facebook Comments