२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कोरियन भाषा परीक्षामा शतप्रतिशत अंक प्राप्त गर्न सफल विद्यार्थीहरुलाई सम्मान तथा भिषा प्राप्त विद्यार्थीको विदाई

कोरियन भाषा परीक्षामा शतप्रतिशत अंक प्राप्त गर्न सफल विद्यार्थीहरुलाई सम्मान तथा भिषा प्राप्त विद्यार्थीको विदाई

धादिङ जिल्लामै उत्कृष्ट कोरियन भाषा तथा वैदेशिक अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको ग्लोबल कम्प्यूटर एजुकेशनल इन्स्टिच्यूटले कोरियन भाषा ईपिएस परीक्षामा शतप्रतिशत अंक प्राप्त गर्न सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ । इन्स्टिच्यूटले आज एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई सम्मानका साथै विद्यार्थी भिसा प्राप्त गरिसकेका विद्यार्थीहरुलाई विदाई समेत गरेको छ ।

कार्यक्रममा ईपिएस परीक्षा उत्तीर्ण गरी उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै इन्स्टिच्यूट सञ्चालक उत्तम सापकोटाले मेहनत, अनुशासन र नियमित अभ्यास नै सफलताको मुख्य आधार भएको बताउँदै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोरियन भाषा अध्ययनका लागि आवश्यक आधुनिक कक्षा सञ्चालन, अनुभवी प्रशिक्षकमार्फत प्रशिक्षणको व्यवस्था गरिएकाले पनि विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो । त्यसैगरी, कोरिया अध्ययनका लागि विद्यार्थी भिसा प्राप्त गरिसकेका विद्यार्थीहरुलाई सफल भविष्यको शुभकामना दिँदै विदाई गरिएको थियो । विदेश अध्ययनका क्रममा सिकेका सीप र अनुभवलाई भविष्यमा देश विकासमा समेत उपयोग गर्न संञ्चालक सापकोटाको आग्रह थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफूहरुले पाएको सहयोग, मार्गदर्शन र प्रेरणाका लागि इन्स्टिच्यूट परिवारप्रति आभार व्यक्त गरेका थिए ।

धादिङको सदरमुकाम धादिङबेसी स्थित विच बजारमा रहेको इन्स्टिच्यूटले कोरियन, जापान, अस्ट्रेलिया, क्यानाडा, यूके लगायतका वैदेशिक अध्ययन र परामर्श क्षेत्रमा प्रभावकारी सेवा प्रदान गर्दै आएको छ। भने कम्प्यूटरका विभिन्न कोर्षहरु पनि सञ्चालन भईरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।