
धादिङ
निर्वाचननजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता भेटघाट र घरदैलो अभियानमा सक्रिय छन् ।
धादिङ क्षेत्र नम्बर २ का नेकपा एमाले उम्मेदवार धनबहादुर घलेलाई मतदाताहरुले स्वागत गर्दै नागरिकका समस्यामा अडिक रहन आग्रह गरेका छन् ।
साविक खाल्टे गाविस पुग्नुभएका घलेले पूर्व गाविस उपाध्यक्ष रामबहादुर गुरुङको शालिकमा माल्याणपण गर्दै घलेले एमालेका अग्रजले देखाएको समृद्धि र परिवर्तनको बाटोमा लाग्ने र विकासका काममा कुनै सम्झौता नहुने बताउँदै जनताका सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
खाल्डेको डाडाँगाउँ, धुसेनी, पतेनी, पात्ले, लगायतका स्गथानका मतदाताहरुसंग भेटघाट गर्दै स्वास्थ्य खानेपानी, शिक्षा एमालेको प्राथमिकतामा भएकोले एमालेलाई जिताउन आग्रह गर्नुभयो ।