नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले गाउँको विकास गर्ने हो भने एमाले नै चाहिने बताउनुभयो ।

मतदाता भेटघाट तथा घरदैलो अभियानको क्रममा गजुरी गाउँपालिका वडा नम्बर ३, ५ र ६ पुग्नु भएका त्रिपाठीले यस अघि गरिएका विकास निर्माण एमाले भएकै कारणमात्र सम्भव भएको बताउँदै अब पनि एमालेलेमात्र विकास समृद्धिका लागि काम गर्ने बताउनुभयो ।

सबै गाउँपालिकामा अस्पताल, सबै वडामा स्वास्थ्य चौकी, सबै घरमा विद्युत, आदी काम एमाले बाहेकले गर्न नसक्ने बताउँदै अब समृद्धिका लागि गजुरी लगायतका भाहाभारत क्षेत्रमा उत्पादन हुने गाँजा खेतीलाई कानूनी मान्ृता दिन एमालेले कानून बनाउन लाग्ने बताउनुभयो ।

आफू निर्वाचित भएपछि नियन्त्रित रुपमा गाँजाखेती गर्ने व्यवस्थाका लागि काम गर्ने र गाउँबासीको समृद्धि यहिबाट सम्भव हुने बताउनुभयो । “गाँजा खेतीलाई बैधानिक बनाउने कानूनका लागि लाग्नेछु” त्रिपाठीले बताउनुभयो । मतदाताको समस्यामा काम गर्ने बताउँदै त्रिपाठीले आफूलाई मत दिन आग्रह गर्नुभयो ।

Facebook Comments