२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

दाउन्नेमा सडक चिप्लो हुँदा गाडी आवतजावतमा समस्या

दाउन्नेमा सडक चिप्लो हुँदा गाडी आवतजावतमा समस्या

बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत दाउन्ने खण्डमा गाडीको लामो जाम भएको छ । पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सडक भासिएको ठाउँमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि बिहानदेखि गाडी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

सडक चिप्लो भएसँगै गाडीहरु दुवैतर्फ लामबद्ध अवस्थामा रोकिँदै विस्तारै चल्दै गरेको उहाँले बताउनुभयो । अहिले पनि सिमसिम पानी परिरहेकाले तत्काल सडक सञ्चालनमा समस्या आउने प्रहरीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।