२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

आज देशका धेरै ठाउँमा घाम नलाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता लगातार मौसम बदली भएको र बदली कायमै रहेको छ । आज बिहानैदेखि धेरै ठाउँमा बादल लागेको छ । एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भागका थोरै ठाउँ साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराई भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र कतै हिमपातको सम्भावना छ ।

अहिले पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । बदली र वर्षासँगै चट्याङको सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

भोलि पनि आज जस्तै देशभर साधारणतया बादल लाग्ने महाशाखाको अनुमान छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।