२०८३ मंसिर १३, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पत्रकार जमाल खसोज्जीको मृत्यु भएको साउदी अरेवियाको पुष्टि

पत्रकार जमाल खसोज्जीको मृत्यु भएको साउदी अरेवियाको पुष्टि

कात्तिक ३ ।
टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दुतावासबाट वेपत्ता भएका पत्रकार जमाल खसोज्जीको मृत्यु भएको साउदी अरेवियाले पुष्टि गरेको छ ।

साउदी अरेवियाको सरकारी टेलिभिजनले पत्रकार खसोज्जीको दुतावासभित्रै भएको झगडामा मृत्यु भएको जनाएको हो । साउदी अरबियाले पत्रकार खसोज्जी मारिएको सूचना पहिलोपटक स्वीकार गरेको हो । यसअघि साउदी अरबियाले खसोज्जी आफ्नो दूताावासबाटै सकुशल निस्किएको र त्यसपछिको अवस्थाबारे केही जानकारी नभएको दावी गर्दै आएको थियो । तर टर्कीले साउदी दुतावासभित्रै खसोज्जीको हत्या भएको भन्दै छानविन थालेपछि साउदीमाथि अन्तराष्ट्रिय दबाब बढेको थियो ।

साउदी अरबियाले यो घटना प्रकरणमा देशको खुफिया एजेन्सीका उपप्रमुख अहमद अल असिरी र साउदी युवराज मोहमद बिन सलमानका वरिष्ठ सुरक्षा सहयोगी साउद अल कतानीलाई बर्खास्त गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।