२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गायक अशोक दर्जीमाथि कुटपिट,भिडियो सामाजिक सञ्जालमा भाइरल

गायक अशोक दर्जीमाथि कुटपिट,भिडियो सामाजिक सञ्जालमा भाइरल

गायक अशोक दर्जीमाथि यतिबेला कुटपिट भएको भिडियो सार्वजनिक भएको छ।सार्वजनिक भएको भिडियोमा केहीँ युवाहरुले कुटपिट गरिरहेको देखिन्छ। कलाकार टंक बुढाथोकीसँग केहीँ महिना अघि मात्रै छुटिएका अशोक अहिले आफ्नै घरमा बस्दै आएका छन् । भिडियोमा अशोक मौन देखिन्छन् तर उनी माथि भने मुक्का र लात्तीले अन्य युवाहरुले हानिरहेका छन् ।

अशोक माथि कुटपिट गर्ने युवाले भिडियो खिच भन्दै कलाकार भएर यस्तो गर्ने भन्दै हात हालेका छन।अशोकले पैसा सापटी लगेर नदिएको जस्तो भिडियोमा देखिन्छ। अशोक अहिले आर्थिक संकटमा रहेको समेत खुल्न आएको छ। परिवारमा कमाउँने कोहीँ नहुँदा अशोक कै काधमा आर्थिक भार समेत रहेको छ।

अशोकलाई सानै उमेर देखि नै आफुसँगै राख्दै आएका टंक बुढाथोकीले धन बिनाको मन चलचित्र बनाउँदा पनि अशोकलाई नै नायक बनाएका थिए । तर अशोकले टंकको साथ छाड्ने आफैले निर्णय गरेर गाउँ फर्किएका थिए । अशोक माथि भएको यस्तो हर्कतलाई लिएर यतिबेला धेरैले चासो र चिन्ता व्यक्त गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।