सूचना प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ धादिङबेसीमा टेक यात्रा इन्नोभेसन्स प्रा. लि. को औपचारिक शुभारम्भ गरिएको छ ।
टेक यात्रा इन्नोभेसन्स आज एक कार्यक्रमका विचljr Lions Club of Dhading Mandaliका अध्यक्ष हरि कुमार श्रेष्ठले रिवन काटेर उद्घाटन गर्नुभएको हो । प्रकाश श्रेष्ठ र ओम प्रकाश यादवको संयुक्त लगानीमा टेक यात्रा इन्नोभेसन्स प्रा. लि. सञ्चालनमा आएको छ ।
सूचना प्रविधिको क्षेत्रमा रहेको आफ्नो अनुभवलाई व्यवहारिक शिक्षासँग जोड्दै विद्यार्थीहरूलाई आधुनिक प्रविधिमा दक्ष बनाउने उद्देश्यका साथ कम्पनी स्थापना गरिएको सञ्चालक प्रकाश श्रेष्ठले बताउनुभयो ।
कम्पनीले विशेषगरी कक्षा ५ देखि १२ सम्मका विद्यार्थीहरू का लागिArtificial Intelligence -AI_, Robotics तथा Internet of Things सम्बन्धी व्यवहारिक तालिम सञ्चालन गर्नेछ। साथै Web Application Development, Software Development तथा विभिन्न ICT Trainings समेत सञ्चालन गरिने कम्पनीले जनाएको छ।
“A Journey with Technology“ भन्ने नाराका साथ स्थापना भएको टेक यात्रा इन्नोभेसन्स प्रा. लि. ले विद्यालय, कलेज तथा विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै गुणस्तरीय प्रविधिमूलक शिक्षा तथा तालिम प्रदान गर्ने लक्ष्य लिएको छ।











