धादिङमा थोपल खोलाले बगाउदा बुधबार एक जनाको मृत्यु भएको छ ।
मत्यु हुनेमा रुविभ्याली गाउंपालिका-३ का १८ वर्षिय नरेश घले रहेका छन् ।
नीलकण्ठ नगरपालिका ३ र १२ मा पर्ने थोपल खोलाको कुंडुले स्थित ड्याममा पौडी खेल्ने क्रममा घलेलाई बगाएको हो ।
खोलाले बगाएका घलेलाई खोलाको पुछार बजार बसपार्क नजिकै फेला पारिएको थियो।
नेपाल प्रहरी, नगर प्रहरी र स्थानियको उद्धारपछि जिल्ला अस्पताल धादिङमा लगिएको घलेलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









