२०८३ कार्तिक १०, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

टप इन्ड टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपाल एक विकेटले पराजित

टप इन्ड टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपाल एक विकेटले पराजित

अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपाल ‘ए’ भिक्टोरिया एकेडेमीसँग एक विकेटले पराजित भएको छ ।

यससँगै नेपाल ‘ए’ले दुई जित र चार हारसहित तालिकाको सातौँ स्थानमा रहँदै शृङ्खला टुङ्ग्याएको छ । नेपाल ‘ए’ले दिएको १४३ रनको लक्ष्य भिक्टोरियाले अन्तिम ओभरको अन्तिम बलमा नौ विकेट गुमाएर पूरा गरेको हो । भिक्टोरियाको जीतमा ह्यारी होक्स्ट्राले अविजित ३५, टम रोजर्सले ३६ र ह्यारी डिक्सनले ३० रन बनाए ।

नेपालका युवराज खत्री र कुशल भुर्तेलले तीन÷तीन तथा आकाश चन्दले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनाएको थियो । कुशल भुर्तेलले अविजित ७० रन बनाए भने दीपक डुम्रेले १६ रन जोडे ।

यसअघि नर्दन टेरिटोरी स्टाइक, बङ्गलादेश हाइ प्रफर्मेन्स टोली र किंग्समेन एकेडेमीसँग पराजित नेपालले होबर्ट हुरिक्यास एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।