२०८३ कार्तिक १०, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भोटेकोशी बाढीमा प्रभावित परिवारलाई रुवी भ्यालीको राहत घोषणा

भोटेकोशी बाढीमा प्रभावित परिवारलाई रुवी भ्यालीको राहत घोषणा

भाद्र १० गते चीनतर्फबाट आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रुवी भ्यालीका परिवारलाई गाउँपालिकाले राहत उपलब्ध गराउने भएको छ । गाउँ कार्यपालिकाको अनलाइन भर्चुअल बैठकले रुवी भ्यालीका बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै, बाढीका कारण अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका बालबालिकाको पठनपाठनका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । बैठकले बाढीमा बेपत्ता भएका नागरिकको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने निर्णयसमेत गरेको छ ।

गाउँपालिका अध्यक्ष रामसिंह तामाङले विपद्बारा प्रभावित परिवारलाई स्थानीय सरकारको तर्फबाट तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराइने बताउनुभयो । उहाँले बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिने बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।